पोखरामा अवैध डिजेल काण्ड: बिलमा १२ हजार ट्याङ्करमा ३ हजार लिटर बढी
पाेखरा | भदौ ३, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पेट्रोलियम पदार्थ (डिजेल) बिल भौचरमा उल्लेख गरे भन्दा बढी ट्या्ङकरमा राखेको आरोपमा चालकसहित दुईजनालाई प्रकाउ गरेको छ ।
प्रहरीले नेपाल आयल निगम प्रादेशिक कार्यालय डिपोबाट ग २ ख ८३६नम्बरको पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरेभन्दा बढी परिणामको डिजेल लोड गरेको अवस्थामा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनका प्रतिनिधि जगन्नाथ ढुङ्गानालाई प्रकाउ गरेको हो ।
पोखरा महानगरपालिका ३० पावरहाउस स्थित नेपाल आयल निगमको प्रादेशिक डिपोबाट ट्याङ्करमा १२ हजार लिटर डिजेल लोड गरेको भनेर बिल भौचरमा उल्लेख गरेपनि ट्याङ्करमा ३ हजार बढी डिजेल भेटिएपछि चालक थापा र पेट्रोलियमका प्रतिनिधि ढुङ्गानालाई प्रकाउ गरिएको जिल्ला प्रहरी प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रहरीले ट्याङ्करमा बिल भौचरभन्दा बढी डिजेल लोड गरेर पोखरा २७ स्थित प्रश्चिमाञ्चल पेट्रोल पम्प लैजादैै गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की, ईलाका प्रहरी कार्यालय हंशपुर शिशुुवाबाट खटिएको टोलिले उक्त ट्याङ्करलाई डाँडाको नाकमा फेला पारेको थियो ।
प्रकाउ परेका चालक थापा र पेट्रोलियम एसोसियनका प्रतिनिधि ढुङ्गानालाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
उनीहरुलाई जिल्ल प्रशासन कार्यालय कास्कीबाट सक्कल मिसिल कागजातहरु सहितको निर्देशनमा कसूर मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २५२ बमोजिमको कसूरमा ईलाका प्रहरी कार्यालय हंसपुर शिशुवा कास्कीमा मुद्धा दर्ता भएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

